काठमाडौं । दुई साताअघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई दुई हप्तामै दावी भुक्तानी दिएर सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ रेकर्ड कायम गरेको छ ।
बीमा कम्पनीहरुले प्रायः दुई–अढाई महिना लगाएर मात्रै यस्तो दावी भुक्तानी दिने गरेकोमा आचार्यको हकमा भने मृत्यु भएको १५ दिनमा नै कम्पनीले दावी भुक्तानी गरेर रेकर्ड कायम गरेको हो । बीमितको मृत्युपछि परिवारले यति छिटो दावी भुक्तानी पाएको संभवतः यो पहिलो भएको बीमा क्षेत्रका जानकार बताउँछन् ।
बीमा दावी भुक्तानी गर्न बीमितका परिवारले लामो पक्रिया पूरा गर्नुपर्ने र कतिपयले झन्झटसमेत व्यहोर्नुपर्छ । तर स्वर्गीय आचार्यको परिवारले भने त्यो अवस्था भोग्नु परेन् ।
सन् नेपाल लाइफले स्वर्गीय आचार्यको हकवालालाई ५० लाख १२ हजार रुपियाँ बराबरको बीमांक भुक्तानी गरेको हो । हकवालालाई १२ हजार रुपियाँ बोनसवापत थप रकम प्रदान गरिएको जनाएको छ ।
कम्पनीका अनुसार स्वर्गीय आचार्यकी श्रीमती नानुका अधिकारीलाई मंगलबार चेक भुक्तानी गरियो ।