बैंक तथा वित्तीय संस्था १ एक सय २१ वटा कायमः वाणिज्य बैंक २२, अरुको संख्या कति ?

Advertisement

काठमाडौं । हाल मुलुकमा बैंक तथा वित्तीय संस्थाको संख्या १ सय २१ रहेको छ । 

नेपाल राष्ट्र बैंकको अनुसार हाल २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । 

Advertisement

राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ असार मसान्तमा ११ हजार ५ सय २८ रहेको शाखा संख्या पुस मसान्तसम्म बढेर ११ हजार ५ सय ८८ पुगेको छ ।

कूल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५२ वटामा वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । २०७८ पुससम्म ७५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका थिए । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७९ पुस मसान्तसम्म कूल २५५ वटा यो प्रक्रिया सामेल भए । 

यी मध्ये १८३ संस्थाहरुको इजाजत खारेज भई ७२ संस्था कायम भएका राष्ट्र बैंकले गत सोमबार प्रकाशित गरी अर्थवार्षिक प्रतिवेदनमा उल्लेख छ ।  
 

Advertisement

Advertisement