राष्ट्र बैंकद्वारा नौ वाणिज्य बैंकलाई कारवाहीः चार वटाले तिरे दुई करोड जरिवाना (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ । 

राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले आव २०७९/८० को दोस्रो त्रैमासमा वाणिज्य बैंक , अध्यक्ष, सञ्चालक र सीईओहरुलाई कारवाही गरेको हो । 

Advertisement

राष्ट्र बैंकको नीति नियम उल्लंघन गर्ने प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (बीओके) र प्राइम कमर्सियल बैंकलाई ५०-५० लाख रुपियाँ जरिवाना गरेको हो । 

त्यसैगरी माछापुच्छ्रे बैंक, सानिमा बैंक, तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक, सिभिल बैंक र नबिल बैंक पनि कारवाहीमा परेको सुपरीवेक्षण विभागले उल्लेख गरेको छ ।  

 
 

Advertisement