एमडीएमएस लागू नहुँदा मोवाइलको चोरी पैठारी र राजश्व छली बढ्योः व्यवसायी

Advertisement

काठमाडौं । मोवाइल वितरक व्यवसायी संघले अवैध रुपमा नेपाल भित्रिने मोबाइलका कारण हरेक वर्ष अर्बौं रुपियाँको राजश्व गुमेको बताउँदै चाँडै एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न माग गरेको छ । 

बुधबार राजधानीमा एक कार्यक्रम गरी मोवाइलको चोरी पैठारी रोक्न तत्काल एमडीएमएस लागू गर्न आग्रह गरेको हो । नेपालमा हरेक बर्ष ३८ अर्बदेखि ४० अर्ब रुपियाँसम्मको मोबाइल फोनको वैधानिक कारोबार हुने गरेको तर, सो भन्दा बाहेकको बाँकी ४० प्रतिशत मोबाइल चोरी पैठारीबाट भित्रिने गरेको तथ्य प्रस्तुत गर्दै व्यवसायीले 
एमडीएमएस लागू नहुँदा वार्षिक दुई अर्बको हाराहारीमा राजश्व गुम्ने गरेको बताए । 

Advertisement

नेपालमा नक्कली र चोरीको फोन बिक्री वितरण हुँदा ग्राहकहरुले वारेन्टी सुविधा नपाउने बताउँदै उनीहरुले विदेशबाट मोवाइल ल्याउन समेत व्यवसायीहरुलाई निकै कठिन भएको बताए । 

Advertisement

Advertisement