सामसङले नेपाली बजामा ल्यायो ग्यालेक्सी एस२३, मूल्य कति ?

Advertisement

काठमाडौं । सामसङले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ बुधबार हायात होटलमा एक समारोहका बीच सार्वजनिक गरेको छ ।  

ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रण रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियँकारानी जोशीद्वारा संयुक्त सार्वजनिक गरेका हुन् । 

Advertisement

ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ ।

वेबसाइट र सामसङ्ग शोरुमहरुमा गई प्री–अर्डर दर्ता गर्न सकिने छ । प्री–अर्डर अफर गर्ने अवधि फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।

एस२३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४००/- बाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा रु.८०००/-सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।
 

Advertisement

Advertisement