एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनमा सुरु, माघ २९ सम्म चल्ने

Advertisement

काठमाडौं । पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारबाट सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले गरिन्  । 

मन्त्री साहले देशको समग्र अर्थतन्त्रको मुख्य हिस्सा कृषिले आगेटेको बताउँदै कृषि प्रधान देशमा कृषिसँगसम्बन्धित प्रदर्शनीले ठूलो महत्व राख्ने बताइन् । 

Advertisement

माघ २९ गतेसम्म सञ्चालन हुने मेलामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतले सहकार्य गरेका छन् । 

Advertisement

Advertisement