चीनले बनाइदिएको आकर्षक सडक भत्काएर ग्वार्कोमा आकासे पुल निर्माण सुरु

Advertisement

ललितपुर । चीनले बनाइदिएको आकर्षक सडक भत्काएर चक्रपथको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु गरिएको छ । सडक भत्काउन सुरु गरिएपछि सो सडक खण्डमा सवारी ट्राफिक जाम बढेको छ । 

ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइ ओभर (आकासे पुल) निर्माण कार्य शुरु भएको हो । मुल सडक भत्काउन थालेसँगै ट्राफिक जामको समस्या बढेको छ । फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन् । 

Advertisement

चक्रपथको बिस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । 

चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । छ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स छ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ । 

शुरूमा ब्यारेकेडहरू राखेर काम शुरू गरिनेछ । काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । सडक निर्माणकै क्रममा आकासे पुल निर्माण नगरी अहिले बनाउँदा यात्रुले सास्ती भोग्नुका साथै खर्चसमेत बढेको छ । साथै, चिनियाँ निर्माण कम्पनीले निर्माण गर्नेजस्तो आकासे पुल पनि अब निर्माण नहुने भएको छ । 

Advertisement

Advertisement