भायानेटको नयाँ शाखा अब आँबुखैरेनी, लालमटिया र उर्लाबारीमा

Advertisement

काठमाडौं । भायानेट कम्युनिकेशनले आफ्नो सेवा विस्तार गर्ने क्रममा तनहुँ जिल्लाको आँबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको छ । 

आफ्ना ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब आँबुखैरेनीका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

Advertisement

यसै सन्दर्भमा आँबुखैरेनीमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा बिषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । 

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी हो ।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ ।

यसैबीच दाङ जिल्लाको लाल मटिया र मोरङ जिल्लाको उर्लाबारीमा पनि कम्पनीले नयाँ शाखा विस्तार गरेको छ। 

Advertisement

Advertisement