कम्युनिष्टको सरकारले विदेशी स्रोत व्यवस्थापन गर्न सक्दैन भनेर भ्रम छर्ने काम नगरौंः अर्थमन्त्री

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९–८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराए । मंगलवार बसेको बैठकमा उनले चालु बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन् । 

पौडेलले कम्युनिष्टको सरकारले विदेशी स्रोत व्यवस्थापन गर्न सक्दैन भनेर भ्रम छर्ने काम गर्ने गरिएको भन्दै त्यसको आलोचना गरे । उनले भने, ‘यो जनअनुमोदित सरकार हो । यो सरकारसँग कुनै पनि सरकारले यो आइडोलोजी, त्यो आइडोलोजीले काम गर्दिन भनेर भन्छ भन्नु भ्रम हो । यो भ्रम आम जनतामा पनि पर्नु हुन्न । साँसदहरुमा पनि पर्न हुँदैन् ।उनले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने बताए । 

Advertisement

उनले भन्सुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताउँदै नेपालमा अब भन्सुनका आधारमा योजना छनोट नहुने दाबी गरे । योजनाहरु आवश्यकताका हुन् वा होइनन् भन्नेकुराको अध्ययन गरेर मात्रै डीपीआर बनाउने, अरु युटिलिटीका कामहरु सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने, विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने पौडेलको भनाई छ । 

उनले भने, ‘वर्तमान सरकार भन्सुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रुपमा समाप्त गर्न औचित्य, आवश्यक्ता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोटको प्रक्रियालाई अघि बढाउन संकल्पवद्ध छ ।’ 

Advertisement

Advertisement