धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन ढकालको माग

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको उत्खननको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गरेका छन् । 

बुधबारदेखि नवलपुरमा सुरुभएको सातौ नवलपुर महोत्सवमा उनले भने, ‘लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रुपमा उत्पादन हुन सकेन । अब बिलम्ब नगरी यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौंं । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं ।’

Advertisement

ढकालले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना संचालनका कार्यक्रमहरु राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल संचालनमा लैजान सकिने बताए । अर्थतन्त्रका केही सुचकहरु सकारात्मक हुँदै गएको बताउँदै उनले छिट्टै अर्थतन्त्रमा सुधार आउने विश्वास पनि व्यक्त गरे । 

ढकालले भने, ‘कोभिडको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै अर्थतन्त्रमा समस्या देखिएको थियो । धेरै उद्योग व्यवसाय बन्द भएका थिए । हामी कहाँ विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानि योग्य पुँजीको अभाव भयो । तर, अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्रमा सुधार आउछ । अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ ।’

Advertisement

Advertisement