लुक्लामा सुरु गरियो ‘खाङरी क्याफे’, तालिम केन्द्रको रुपमा काम गर्ने

Advertisement

काठमाडौं । पासाङ ल्हामु फाउन्डेसनले सोलुखुम्बुको लुक्लामा तालिम केन्द्रको रुपमा ‘‘खाङरी क्याफे’ सञ्चालनमा ल्याएको छ । 

फाउन्डेसनले वार्षिक रुपमा जिविकोपार्जनमा सहयोग पुग्ने तालिमहरु आयोजना गर्ने जनाएको छ । यस क्याफेबाट प्राप्त आम्दानी स्थानीय खुम्बुवासी कै सेवामा खर्च गरिने पनि जनाइएको छ । 

Advertisement

त्यस्तै, फाउन्डेसन र खुम्बु पासाङल्हामु गाउँपालिकाको साझेदारीमा आयोजना गरेको १२ दिने ‘बरिस्ता एण्ड फूड एण्ड बेभरेज सर्भिस टे«निङ’ बिहीबार सम्पन्न भएको छ । तालिममा १७ जना महिला र नौ जना पुरुष गरी २६ जना सहभागी थिए । 


 

Advertisement

Advertisement