सहकारी विभाग अब बतासे तथ्यांकको भरमा अगाडि बढ्दैनः उपरजिष्ट्रार उपाध्याय

Advertisement

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन् । 

सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार र शनिबार आयोजित सहकारी पत्रकारिता तालिममा प्रस्तुति राख्दै उनले विभाग अब पुरानै र बतासे तथ्यांक लिएर काम नगर्ने बताएका हुन् । 

Advertisement

‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन  तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्छौं’, उनले भने ।

२०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली (कोपोमिस)मा संघसंस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक  पटक लगइन गरेको जानकारी गराए ।

यस्तै, उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाले मात्रै पाउने बताए । उनले शेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने लाभांश नपाउने धारणा राखे ।

उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो । 

उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने,  तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे । 

Advertisement

Advertisement