Advertisement

काठमाडौं । नेपालका प्रशोधन उद्योगहरु खाली बोतल, सीसी आफूलाई दिन र इण्डिया निर्यात नगर्न कवाडी व्यवसायीलाई आग्रह गर्दैआएका छन् । तर कवाडी व्यवासायी मान्दैनन् । 

यस्ता सामान भारत निर्यात गर्नु एकातिर अवैध कार्य हो भने अर्कोतर्फ न्यून मूल्यांकन गरेर बाहिर चोरी निकासी गर्दा राज्यलाई समेत ठूलो नोक्सानी भइरहेको छ । नेपालका प्रशोधन उद्योगहरुले चर्को मूल्य तिरेर कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको बेला मुलुकभित्र पुनः प्रशोधन गर्न सकिने कवाडी सामान अवैध निर्यात गर्न ठूलो गिरोह लागिपरेको देखिन्छ । 

Advertisement

यस्तो चोरी निकासीमा न प्रहरी प्रशासनको ध्यान गएको छ न राजनीतिक उच्च नेतृत्वको । प्लाष्टिक, टिन, सिसि कवाडीको रुपमा चोरी निकासी गर्नुभन्दा देशमै पुनः प्रशोधन गर्न सकिए त्यसले विदेशी मुद्रा संचितिमा सहयोग पुग्नुका साथै सरकारको राजश्व संकलनमा समेत वृद्धि हुन्छ । तर संगठितरुपमा भइरहेको अवैध चोरी निकासी रोक्ने कुरामा एउटा निकायले अर्कोलाई देखाएर पन्छिने काम हुँदै आएको छ । 

दैनिक करोडौं मूल्यको कवाडी सामान नेपाली उद्योगीलाई बिक्री गर्दा भन्दा इण्डियातर्फ अवैध निकासी गर्दा बढी फाइदा हुने भएकाले नेपाली उद्योगीलाई बिक्री नगर्ने गरिएको हो । यस्ता सामानहरु नेपाल–भारत मुख्य नाकाबाट नभई ग्रामीण क्षेत्रका सडकहरुबाट विशेषगरी रातिको समय पारेर सीमा कटाउने काम हुन्छ । नेपालका प्रशोधन उद्योगहरुले भने स्वदेशी उद्योगको विकास र स्वदेशी लगानीकर्ताको लगानी संरक्षणका लागि पनि यस्तो चोरी निकासीमा कडाई गर्नुपर्ने बताउँछन् ।

Advertisement

Advertisement