बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमण नियाल्दैछौंः रुस, हतियार न्यूनीकरणसम्वन्धी सन्धी तोड्ने तयारी

Advertisement

मस्को (एएफपी) । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मंगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उनले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।     
     
‘स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के हुन्छ ? भन्नेमा पनि हामी उत्सुक छौं । त्यसलाई नजिकबाट नियालिरहेका छौं ।’ युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भने ।     
     
यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् । 
     
रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी थिइन् । रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो ।     
     
रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौँ मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य पारेको, बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको ह्यारिसल बताएकी थिइन् । 

यसैगरी, रुसले अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट)मा आफ्नो सहभागिता तोड्न लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । 

Advertisement

Advertisement

Advertisement