भाखा नाघ्ने बित्तिकै बैंकहरुले ऋणीसँग जरिवाना लिन नपाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ​बैंक वित्तीय संस्थाले ऋणको भाखा नाघ्ने बित्तिकै ऋणीसँग जरिवाना अशुल्न नपाइने व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन र परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना लिन नपाउने व्यवस्था गरेको हो । 

Advertisement

यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागू हुनेछ । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने निर्देशनमा उल्लेख छ । 

ऋणीहरुले भाखा नाघ्न नपाउँदै बैंकले ताकेता गरेर दुःख दिने गरेको र जरिवाना लिने गरेको भन्दै ऋणीहरुबाट बैंकको चर्को आलोचना हुँदै आएको थियो । राष्ट्र बैंकको यो व्यवस्थाले केही समयका लागि ऋणीहरुलाई केही राहत मिल्नेछ । 

Advertisement

Advertisement