कच्चा पदार्थ आयातमा ढिलाई हुँदा सीपीभीसी पाइप उद्योगहरुले सास्ती भोग्नु परेको छः मोर

Advertisement

काठमाडौं । सीपीभीसी पाइप उत्पादनका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको व्यवसायिक समूह लक्की ग्रुपअन्तर्गतको नुप्लास्ट इन्डष्ट्रिजका प्रवनध निर्देशक रिषिराज मोरले कच्च पदार्थ आयातमा आफूहरुले समस्या झेल्नु परेको बताएका छन् । 

राजधानीको भृकुटीमण्डपमा जारी बिल्डकोन एक्स्पोमा आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेका उनले सीपीभीसी पाइप बनाउन कोरिया, ताइवान, थाइल्याडबाट कच्च पदार्थ आयात गर्नुपर्ने र आयातका लागि अर्डर गरेको तीन महिनामा बल्ल कम्पनीमा सामान आइपुग्ने अवस्था रहेको बताए । 

Advertisement

मोरले भने, ‘तीन महिनाको स्टक, बजारीकरण, सप्लायर हेरेर सामान मगाउनुपर्ने समस्या छ । भनेको समयमा कच्चा पदार्थ आइपुग्दैन् । आयातकै समस्याका कारण पछिल्लो  समयमा उत्पादनमा पनि कमी आएको छ ।’

पाइप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त नहुँदा पछिल्लो समय उद्योग चलाउन कठिन भएको गुनासो गर्दै उनले करिव एक वर्षदेखि पाइप उत्पादन गर्ने कम्पनीहरुले यो समस्या झेल्नुपरेको बताए । 

नेपाल गुणस्तर चिन्ह प्राप्त नुप्लाष्ट पाइपमा ग्राहकहरुको आकर्षण बढ्दै गएको मोरले दावी गरे । उनले तीन वर्षदेखि आफूहरुले पाइप तथा फिटिङ्सहरु उत्पादन गर्दै आएको सुनाउँदै सिमरा विमानस्थान नजिकै नुप्लाष्टको कारखाना रहेको जानकारी दिए । 

मोरले भने, ‘हाम्रोमा हरेक किसिमका पाइप उपलब्ध हुनुका साथै अर्डर अनुसारका पाइपहरु उत्पादन गर्दै आएका छौं । कम मूल्यको र बढी मूल्यको पाइप छुट्टाएर आफूहरुले बेच्दै आएको उनले बताए । कम मूल्यको पाइपको कुनै ग्यारेन्टी नहुने बताउँदै उनले बढी मूल्यका पाइप खरीद गर्दा ५० वर्षसम्म केही नहुने बताए । 

नुप्लाष्टको उद्योग १२ करोड रुपियाँ लगानीमा स्थापना भएको थियो । यो उद्योगले सीपीभीसी, यूपीभीसी पाइप तथा फिटिङ उत्पादन गर्दै आएको छ । नेपाली बजारमा पाइपको माग बढी, उत्पादन कम भएका आफूहरुले पाइप उद्योगथमा लगानी गरेको सुनाउँदै नेपालमा पहिलो पटक नुप्लाष्ट कम्पनीले पहिलो पटक नेपाली गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए । 

नेपालमा २५ वटा पाइप उद्योग रहेको र उनीहरुसँग प्रतिस्पर्धा गर्न कुनै कठिनाई नरहेको दावी गर्दै मोरले ब्राण्डप्रतिको विश्वास र गुणस्तर नै आफूहरुको सामथ्र्य भएको बताए । उनले भने, ‘ग्राहकको आवश्यकतालाइ ध्यानमा राखेर हामीले विश्वासिलो र भरपर्दो पाइप स्वदेशमा नै उत्पादन गर्दै आएका छौं ।’

Advertisement

Advertisement