शुभगृह कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा ठकुरी

Advertisement

काठमाडौं । शुभगृह इस्टिच्युट एण्ड कन्सल्टेन्सीले मिडियाकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बासडर बनाएको छ । शनिबार आयोजित कार्यक्रममा ठकुरी र कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले एम्बासडर नियुक्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल, साँसद विराजभक्त श्रेष्ठ, गैरआवासीय नेपाली संघकी नेतृ रञ्जु थापालगायतले बोलेका थिए । ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, अमेरिका, बेलायत केन्द्रीत रहेको शैक्षिक परामर्श संस्था हो । 

Advertisement

शुभगृहकी संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै भए पनि कम्पनीले उनीहरुलाई लक्ष्यमा पुग्न सही बाटो प्रदान गर्ने बताइन् । 

Advertisement

Advertisement