आज (फागुन १४)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल फागुन महिनाको १४ गते आइतबार, फाल्गुन शुक्लपक्षको सप्तमी तिथि । आज रविसप्तमी रहेको छ ।

मेष 
कडा खाले ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । जीवनसाथिको साथ तथा सल्लाहमा काम गरेमा फाइदा मिल्ने छ । भाग्यको साथ नरहेकाले कार्य सम्पादनमा ढिलाई हुन पुग्ने छ । परिवारका सदस्यहरुको साथ रहनाले कठिनाईको क्षणमा अघि बढ्न निकै मद्दत पुग्ने छ । सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, हार्डवेयरको ब्यापार, छालाजन्य कारोवारको ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

Advertisement

वृष 
मनमा निराशाले अत्याधिक गाँज्ने छ । उदासिनता बढ्न जाने हुँदा जीवनप्रति सकारात्मक भन्दा नकारात्मक धारणाले पेल्ने छ । आत्माबल बलियो हुने भएकाले र भाग्यको साथ रहेकाले धेरै डराई हाल्नु पर्ने अवस्था छैन् । बोलीमा कडापन हुने भएकाले बोल्दा संयमित रहनु होला । दाम्पत्य जीवनमा कटुता देखा पर्ने भएकाले विचार गर्नु होला । किराना पसल, दैनिक उपभोग्य सामानको कारोवार, आयात निर्यात, आइसक्रिम, चिसो पेय पदार्थको कारोवारमा रहेकाहरुले नोक्सानी व्योहर्नु पर्ने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

मिथुन 
बोली प्रभाव बढ्ने छ । महिलाको परिवारमा पुरुष तथा पुरुषको परिवारमा महिला तपाईबाट अलि पीडित महशुस गर्ने भएकाले आफ्नो व्यवहारप्रति आफैले समीक्षा गरि ध्यान दिनु होला । भाग्यको साथ रहेकाले सुखको अनुभूति हुने छ । पानीजन्य कारोवार, आयात निर्यात, औषधीको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कर्कट
समय सकारात्मक रहेको छ । भाग्यका बलियो साथका कारण लिएका लक्ष्य पुरा हुने तर्फ आधार तयार हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । पेशागत जीवनमा पनि सन्तोषजनक अवस्था छ । आफ्नो कामको अफिसियल रुपमा कदर हुने छ । प्रतिष्पर्धी स्वाभाव बलियो हुने भएकाले शत्रु नाश हुने छन् । बिरोधीहरुले पेल्न सक्ने छैनन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
पेशा व्यवसायमा गम्भीरखाले समस्या पैदा हुने छन् । रोजगारी गुम्नेसम्मको अवस्था आउने भएकाले सतर्कतासाथ अघि बढ्नु होला । पेट, ग्याष्ट्रिक सम्बन्धि समस्याले च्याप्ने छ । भुत प्रेत तथा मानसिक रुपमा दबाद सृजना हुने छ । मनमा दोहोरो विचारले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । जीवनसाथिको साथले गर्दा अवस्था नियन्त्रित हुने छ । मनोबलको कमि हुन जाने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कन्या
निराशाजनक भावले सताउने छ । जीवनलाई उत्साहपूर्ण तरीकाले भन्दा अलि निराशाजनक तबरको दृष्टिकोणले सताउने छ । मानसिक रुपमा दबाबपूर्ण चिन्तन आउने भएकाले धार्मिक आध्यात्मिक विषयमा संलग्न हुँदा उपयुक्त हुने छ । बोलीमा भने मधुरता आउने छ । परिवारिक सम्पत्ति वा पूर्व संचित धनले मनमा केही ढाडस दिने छ । शारीरिक थकान र मनोबलको कमि हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला । शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ ।

तुला
पेशागत जीवनमा अनावश्यक विषयको उल्झनमा फसाइ दिने छ । जसले गर्दा तनावको सामना गर्नु पर्ने छ । आम्दानीमा भने खास असर पर्ने छैन् । अध्ययन अध्यापनमा हल्का प्रगति उन्मुख हुने छ । समय अलि नकारात्मक तर्फ ढल्केकाले संयमित भएर नै पाइला चाल्नु पर्ने समय छ । परिवारका स दस्यहरुको साथले गर्दा विपरित परिस्थितिमा पनि ढाडस मिल्ने भएकाले परिवारको साथ लिएर अघि बढ्दा उपयुक्त हुने छ । शेयर बजार औसत रहने छ ।

वृश्चिक
परिवारमा कलह मच्चिने छ । कार्यालयमा आफ्नो बोससँगको सम्बन्धमा कटुता आउने भएकाले उच्च सतर्कतासहित काम गर्नु होला । आम्दानीका विषयमा चिन्ता उत्पन्न हुन जाने छ । भाग्यको साथ नरहेकाले काममा बिलम्ब हुने छ । आफू भन्दा निम्न दर्जामा कार्यरत कर्मचारी वा स्टाफको साथले केही रात प्रदान गर्ने छ । समय सतर्कतासहित पाइला चाल्नु पर्ने खालको छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ ।

धनु 
आँटिलो खालको ब्यक्तित्व हुने छ । कसैसँग पनि डर नमान्ने स्वाभावमा बृद्धि हुने छ तर अलि बढि घमण्डि जस्तो देखिने भएकाले यसबारेमा विचार गर्नु होला । अनुसन्धान, औषधिको कारोवार, परामर्शदाता, कुटनीतिक क्षेत्र आदीमा संलग्नहरुलाई फाईदा मिल्ने समय जागृत छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कठिनाईमा पनि नहडबडिनेपना कायम रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
सितल खालको ब्यक्तित्व बन्ने हुँदा अरुले पनि नरम महशुस गर्ने छन् । तर मन बढि चञ्चल हुने भएकाले अस्थिरता उत्पन्न हुने छ । परिवारमा मिलन हुने छ । प्रतिष्पर्धात्मक स्वाभावले गर्दा प्रतिकुलतासँग पनि जुध्न सक्ने शक्ति प्राप्त हुने छ । दाम्पत्य जीवनमा बादबिबाद आउने छ । त्यसैगरी साझेदारीका कामहरुमा पनि कटुतापूर्ण तनाव आउने भएकाले यसबारेमा धैर्यतासाथ काम लिनु होला । पेशा तथा ब्यपार विजनेशमा धेरै जोखिम मोल्ने बेला छैन् ।  शेयर बजारमा जोखिम रहने छ । 

कुम्भ 
ब्यक्तितवमा गिरावट आउने छ । बुझाई र व्यावहारका बीचमा अन्तर आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा कार्य सम्पादनमा ठुलो मद्दत पुग्ने छ । सन्तानले साथ दिने छन् । अनावश्यक क्षेत्रमा पराक्रमी र मेहनत गर्न मन लाग्ने बनाई दिने समय सक्रिय रहेकाले कार्य आरम्भ गर्नु पूर्व विचार गरेर मात्र काम थाल्नु होला । ब्यापारमा रहेकाहरुलाई समय अलि प्रतिकुल छ भने रोजगारीमा रहेकाहरुलाई समय शुभ नै छ । शेयर बजारमा नोक्सान हुने छ ।

मीन
सबैको कल्याण र भलो चाहने ब्यक्तित्व हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । भाग्यको साथ रहेकाले भित्रि बुद्धिमा सक्रियता बढ्न पुग्दा चलाखीपूर्ण तरीकाले कार्यसम्पदान हुन पुग्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ । औषधीको कारोवार, अस्पतालको आपूर्ति, स्वास्थ्य क्षेत्रको ब्यापार, अस्पताल संचालनहरुलाई फाईदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् । पैसाको सरसापट गर्दा विचार पु¥याई गर्नुहोला । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement