उन्नत प्रकारका फलामे डण्डी उत्पादन गर्दै आएका छौं, मुलुकभर पुर्याउने योजना छः प्रिमियर स्टिल

Advertisement

काठमाडौं । शारदा ग्रुप र राठी ग्रुपको लगानी रहेको प्रिमियर स्टिल उद्योगले पछिल्लो समयको आर्थिक मन्दीको स्थितिले घाटामा नै उद्योग सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएको छ । 

भृकुटीमण्डपमा जारी निर्माणसम्वन्धी प्रदर्शनी बिल्डकोन एक्स्पोमा सहभागी प्रिमियर स्टिल प्रा.लि.का बजार प्रमुख सजल राउतले देशको विषम आर्थिक स्थितिका कारण केही समयदेखि स्टिलको उत्पादन र बिक्री स्थिर बन्न पुगेको बताए । 

Advertisement

आर्थिक मन्दीको स्थितिले गर्दा पछिल्लो समयमा निर्माण कार्य सुस्त हुन पुगेको छ । निर्माण कार्य र परियोजनाहरुले लय समाउन नसक्दा त्यसँग जोडिएका सिमेन्ट, फलाम तथा स्टिल, घर सजावटसम्वन्धी उद्योगहरुको व्यापार खस्किएको छ । 

राउतले पाँच वर्षअघि सुनसरीमा सञ्चालनमा आएको प्रिमियर स्टिलको नाफामा जाने बेलामा कोभिड महामारी, लकडाउन, बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटपछि अहिले देखिएको आर्थिक मन्दीको कारण राम्रो मुनाफामा जान नसकेको बताए । 

तीनअर्ब रुपियाँ लगानी भएको जापानी प्राविधिमा उन्नत प्रकारको फलामे डण्डीहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सरकारको नीति निर्माण उद्योगमन्त्री नरहेको बताएको छ । बजारमा प्रतिस्पर्धा धेरै रहेको भन्दै राउतले प्रतिस्पर्धा धेरै हुँदा पनि स्टिल उद्योगहरुलाई चल्न गाह्रो भएको बताए । 

प्रिमियर स्टिलले भारत, इन्डोनेसिया, बंगलादेशलगायतका देशबाट कच्चा पदार्थ आयात गरी सामान उत्पादन गर्दै आएको छ । भारतीय मेसिनबाट फलामे डन्डीहरु उत्पादन गर्दै आएको यस उद्योगले आठ एमएमदेखि ३६ एमएमसम्ममा डण्डीहरु उत्पादन गर्छ । 

प्रिमियर स्टिलका उत्पादन गुणस्तरीय र विश्वसनीय रहेको राउतको भनाई छ । उनले आफूहरुले उत्पादन गरेको एफइ ५०० छड विभिन्न साइजमा उपलब्ध रहेको बताए । प्राइम विलेटको मात्र प्रयोग गरी छडहरु उत्पादन हुने हुँदा यो आफैमा गुणस्तरीय रहेको राउतको दावी छ । 

प्रिमियर स्टिलको उत्पादन क्षमता आठ सय म्याट्रिक टनसम्म रहेको छ । प्रिमियर स्टिल ३६ एमएम टीएमटी छडमा एनएस क्वालिटि अवार्ड पाउने पहिलो कम्पनी  हो । प्रिमियर स्टिल र प्रिमियर नेक्स्ट गरी दुई प्रकारका डण्डीहरु उत्पादन गर्ने प्रिमियरले आफ्ना ग्राहकहरुबाट अहिलेसम्म राम्रो प्रतिक्रिया पाउँदै आएको बताएको छ । 

प्रिमियर स्टिलका देशभर तीनसय भन्दा बढी आउटलेट रहेको र पहुँच नपुगेका देशका अन्य स्थानमा पनि पुर्याउने योजना रहेको राउतले बताए । 

Advertisement

Advertisement