काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।