आन्तरिक राजस्व विभागले सुरु गर्यो आगामी वर्षको बजेट तयारी, माग्यो सुझाव

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तयारी सुरु गरेको छ । विभागले बजेटमा राजस्व सम्बन्धि सुझाव माग गरेको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत गठन भएको आन्तरिक राजस्व उप-समितिले सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

Advertisement

उप-समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क शिर्षकमा सुझाव माग गरेको हो ।

यस्तै शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (DST) तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानूनी सुधार, प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु पनि माग गरेको छ।

सुझाव आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखामा आइपुग्ने गरी पठाउनु पर्नेछ। विभागले २०७९ चैत्र १५ गतेसम्ममा सुझाव पठाउन भनेको हो ।

Advertisement

Advertisement