उद्योग मन्त्री हटेपछि औषधि र औद्योगिक क्षेत्र लिमिटेडको महाप्रबन्धक नियुक्ति स्थगित

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पद गएपछि २ लिमिटेडको महाप्रबन्धक नियुक्ति स्थगित भएको छ ।

मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्ति प्रकृया स्थगित गरेको हो ।

Advertisement

मन्त्रालय अन्तर्गतको २ निकायमा मन्त्री भन्डारीले नयाँ महाप्रबन्धक नियुक्ति गर्न खोजेका थिए। तर मन्त्री भण्डारीको आफ्नै पद नरहेपछि उद्योग सचिव तोयानारायण ज्ञवालीले छनोट प्रकृया स्थगित गरेका हुन् । 

औषधि लिमिटेडले सिटामोल, पेन किलर,  जिवनजल जस्ता औषधि उत्पादन गर्दै आएको छ। लिमिटेडमा २ वर्ष महाप्रबन्धकका रुपमा मोहम्मद साफिल्ह रहेका थिए ।

तर उनले थप एक वर्ष निरन्तरताका लागि पहल गर्दै आएका थिए। मोहम्मद र उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले एकै पटक नियुक्ति पाएका थिए। न्यौपानेको कार्यकाल मन्त्रालले १ वर्ष थप गरेपछि मोहम्मदले पनि एक वर्ष निरन्तरता हुनुपर्ने माग राखेका थिए। तर सो माग पुरा हुन सकेन। यस विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ ।

अदालतले मन्त्रालयलाई भएको के हो भनि पत्राचार गरेपछि प्रकृया नै रोकेको हो। यस्तै औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडले देशभर रहेका औद्योगिक क्षेत्रको नियमन विकास विस्तार गर्दै आएको छ ।  

महाप्रबन्धक सिफारिसका लागि गठित छनौट तथा सिफारिस समितिले गोरखापत्र दैनिकमा मिति फागुन १ गते २१ दिने सूचना प्रकाशन गरी पदपूर्ति प्रक्रिया अघि बढाइएको थियो ।

 

Advertisement

Advertisement