काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।