एक्साइडको नयाँ ब्याट्री बजारमा, १५ महिनाको वारेन्टी

Advertisement

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन् ।

Advertisement

यसैगरी, यिनीहरुमा रगेड ट्युवलर पोजिटिभ प्लेटको विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । 

कम्पनीका अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने छन् ।  

Advertisement

Advertisement