अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपालकोअर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा श्रोत ब्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसंग अन्तरक्रिया गरेका थिए । अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।

Advertisement

कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए÷सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेकोथियो। उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको बिबिध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्वन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।

नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकार सहितको नागरिकता र लगानी सहजिकरणका बिषयमा छलफल भएको थियो । कार्यक्रममा राजनीतिक बाहेक अन्य अधिकारको बिषयमा भएका पछिल्ला गतिविधिहरुका बारेमा समेत पोखरेलले चिन्ता व्यक्त गरेका थिए ।

पोखरेलले नेपालको पुँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानी वापतको आम्दानी सँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरे । 

Advertisement

Advertisement