नेक्स्ट-जेन फोर्ड एभरेष्ट नेपाली बजारमा सार्वजनिक

Advertisement

काठमाडौँ । जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ । 

शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।
नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर बाई–टर्बो डिजेल ईन्जिनमा १०–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्दछ ।

Advertisement

जिओ अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने– ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।’ 

पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ । 

नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाईएको छ जसमा सात जना सम्म लाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् ।

नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।

Advertisement

Advertisement