Advertisement

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमती गर्नुपर्ने पनि उनले स्पष्ट पारे । 

भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा तिमिल्सिनाले २०४६ साल यताका भ्रष्टहरुलाई छानवीन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताउँदै त्यसका लागि दलहरु सहमत हुनुपर्ने बताए । 

Advertisement

उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमती नै गरेर अघि बढनुपर्ने बताउँदै भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने बताए । 

तिमिल्सिनाले भने, ‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा एउटा राष्टिय सहमती आज आवश्यक छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमती गरौन । त्यो सहमती भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमती बनाऔं । त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे त्यो विमान खरिदमा होस् । नियुक्ती गर्दा होस् । जग्गाका कुरा होलान । के होलान । ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानवीन गरौं । म, हामी जो परेपनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्छ हामीले । त्यो सहमती पो राष्ट्रिय सहमती हो । जनताको लागि गरिएको सहमती हो । सुशासनका लागि गरिएको सहमती हो ।’

Advertisement

Advertisement