फेरि सरकारले बढायो दूधको मूल्य, अब न्यूनतम् मूल्य प्रतिलिटर कम्तिमा रु. ९६ पुग्ने

Advertisement

 
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपियाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ बढाउने निर्णय गरेको हो । 

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपियाँ ४० पैसा बाट बढेर ६५ रुपियाँ ५० पैसा बनाउने निर्णय भएको छ । किसानलाई दूधको उचित मूल्य दिन भन्दै सरकारले एक बर्ष नपुग्दै मूल्य बढाएको हो । 

Advertisement

दुधको मूल्यवृद्धिको भार आमउपभोक्तामा पर्ने भएको छ । यसले अब दूधको उपभोक्ता मूल्यमा भारी वृद्धि गरिने छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले फ्याट निकालिएको दूध प्रतिलिटर ८६ रुपियाँमा बिक्री गर्दै आएको थियो । अब उसले उक्त दूधको मूल्य कम्तिमा पनि ९६ रुपियाँ कायम गर्नेछ । 

यस मूल्यवृद्धिसँगै दूधजन्य अन्य परिकारको मूल्य पनि बढ्नेछ । गएको पुसमा डेरी व्यवसायीहरुले एकतर्फीरुपमा दूधको मूल्य प्रतिलिटर १४ रुपियाँले बढाउने काम गरेका थिए । किसानबाट खरीद दर्ता महंगो परेको भन्दै उनीहरुले मूल्य बढाउने काम गरेका थिए । 

Advertisement

Advertisement