आज (फागुन २१)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल फागुन महिनाको २१ गते आइतबार, फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि ।

मेष 
प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, विजनेश, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्र फलदायी रहने छ । 

Advertisement

वृष
जीवनमा प्राप्त भए गरेका सकारात्मक पक्ष भन्दा नकारात्मक विषयमा बढि मन जाने छ । बोलीमा कडापन आउँदा यसले द्वन्द देखा पर्ने छ । निर्माण सामग्री, विकास निर्माणका कामहरु, सामान ढुवानी गर्ने सवारीसाधन, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

मिथुन 
कमजोर मनोवल हुन पुग्ने छ । शारीरिक थकान र शरीर कमजोर हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय देखिएकाले सतर्क रहनु होला । शेयर क्षेत्र औसत रहने छ । 

कर्कट
धन सम्पत्तिको विषयमा मुद्धा मामिला खेप्नु पर्ने समय रहेको छ सतर्क रहनु होला । पारीवारिक जीवनमा द्वन्द देखा पर्न जाने छ । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन शुभ रहने भएकाले सन्तोष मिल्ने छ । शेयर क्षेत्र जोखिमपूर्ण हुने छ । 

सिंह
मेहनत र पराक्रमी भाव मनमा उत्पन्न हुने छ । तर भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुन कठिन हुन जाने छ । आम्दानी सोच जस्तो नहुँदा मनोबलमा कमि आउने छ । पेशागत  जीवन औसत प्रकृतिको रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

कन्या
पेशागत जीवनमा कदर र उन्नति हुने पेशाप्रति प्रतिबद्ध हुन मन लाग्ने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुख सयलका पक्षहरु गुम्ने चुनौति रहेको छ । शेयर क्षेत्र केही सकारात्मक दिशामा रहने छ । 

तुला
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले पेल्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ । पेशागत जीवनमा अन्यौलता उत्पन्न हुने छ । शेयर क्षेत्र भने फाइदादायी रहने छ । 

वृश्चिक
जीवनमा उपलब्धिहरु परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोली नरम रहने छ । पेशागत जीवनमा भने केही अस्थिरताका क्रम देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा कार्यस्थलमा प्रदर्शन कम हुन जाने छ । शेयर क्षेत्र औसत हुने छ । 

धनु 
जीवनसाथिको सल्लाहमा काम गरेमा फाइदा मिल्ने छ । आम्दानीमा केन्द्रीत रहनु पर्छ भन्ने इच्छाशक्तिमा बृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि रिस भने असाध्यै चर्काे हुने हुँदा कामहरु बिग्रिन पुग्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र शुभ रहने छ । 

मकर 
पारीवारिक जीवन सामान्यतया सकारात्मक रहने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ भने मनमा दुविधा धेरै आउने छ । धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ । पेशागत जीवनमा मौन रहनु नै उपयुक्त हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

कुम्भ 
भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा धेरै केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनमा सचेत भएर निर्णयहरु लिनु पर्ने देखिन्छ । जोखिमका क्षेत्रमा सक्रियहरुले अरुलाई छिट्टै विश्वास गर्नु भन्दा तौलेर मात्र विश्वास गर्नु होला । शेयर क्षेत्रबाट केही फाइदा मिल्ने छ । 

मीन
बौद्धिक स्तरमा बृद्धि हुने छ तर त्यसको कदर नहुँदा मनमा खिन्नता आउने छ । प्रतिष्पर्धात्मक स्वाभावमा कमि देखा पर्ने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुले दबाउन प्रयास गर्ने भएकाले यस बारेमा सतर्क रहने प्रयास गर्नु होला । शेयर क्षेत्र औसत हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement