ज्योति समूहको हातबाट हिरोको आधिकारिक बिक्रेता खोस्ने हिरो मोटोकर्पको प्रयास विफल

Advertisement

काठमाडौं । नेपालमा लामो समयदेखि हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको ज्योति समूहसँग सम्वन्ध तोड्ने प्रयासबाट  हिरो मोटोकर्प पछि हटेको छ । इण्डियाको उक्त कम्पनीले थप दुई बर्षका लागि ज्योति समूहअन्तर्गतको नेशनल जनरल मार्केटिङ(एनजीएम)लाई आधिकारिक बिक्रेता कायम राखेको छ । 

हिरो मोटोकर्पले एकपक्षीयरुपमा व्यवसायिक सम्वन्ध तोडेको भन्दै पत्र पठाएर बार्गेनिङ गर्न थालेपछि ज्योति समूह अदालत पुगेको थियो । उच्च अदालतले यसरी सम्वन्ध तोड्दा ज्योति समूहलाई ठूलो नोक्सान हुने भएकाले आधिकारिक बिक्रेता कायम नरहनेसम्वन्धी हिरो मोटोकर्पले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

Advertisement

यसबीचमा दुवै पक्षबीच विवाद समाधानका लागि प्रयास हुँदै आएकोमा हिरो मोटोकर्पले दुई बर्षका लागि एनजीएमलाई नै आधिकारिक बिक्रेता कायम गरेको हो । ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिले हिरो मोटोकर्पले दुई बर्षका लागि समय थपेको आफूले पनि सुनेको तर पत्र भने प्राप्त भइनसकेको जानकारी दिए । उनले पत्र आएपछि मात्रै थप कुरा बताउनसक्ने बताए । 

Advertisement

Advertisement