जमुनी अटो सेन्टरले ल्यायो नयाँ ईलेक्ट्रिक स्कुटर ‘स्लेन’

Advertisement

काठमाडौं । जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ । 

हालै स्थापना भएको जमुनी अटोले आज एक काठमाडौंको भृकुटीमण्डपमा आफ्नो पहिलो तथा मुख्य शो–रुमको  उद्घाटन गरेको हो । स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक पनि गर्यो । 

Advertisement

३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन् । यो  ईलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपियाँ  तोकिएको जमुनी अटोकी अध्यक्ष डा. मनोरमा जैसवालले बताइन् । 

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको अध्यक्ष जैसवालले बताइन् । चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन् । स्लेन ईलेक्ट्रिक स्कुटरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने कम्पनीले जनाएको छ । 

आज १ हजार रुपियाँ तिरेर ईलेक्ट्रिक स्कुटर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट पनि प्राप्त गरेका र पहिलो ५० जना ग्राहकहरूमध्येबाट भाग्यशाली एकजनाले १ लाख रुपियाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ। 

आजैबाट जमुनी अटोले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो–रूमहरू संचालनमा ल्याएको छ ।
 

Advertisement

Advertisement