पपुवा न्यु गिनीलाई हराउँदै नेपालद्धारा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने प्रयास

Advertisement

काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गर्न सफल भएको छ । दुई सय ९८ रनको चुनौति दिएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २४५ रनमा अलआउट गरेको हो । 

आसिफ शेखको शतकसँगैको विजयले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने संभावना बढेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ । अब नेपालले बाँकी तीन खेलमा एक खेल जित्न सके एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहन्छ । 

Advertisement

सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउँछ भने शीर्ष पाँच टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ । अब नेपालले आइतबार यूएईसँग, सोमबार पुनः पपुवा न्यु गिनी र बिहीबार पुनः यूएईसँग खेल्नेछ । 

Advertisement

Advertisement