भ्रष्टाचारी ठहर भएका कांग्रेस नेता टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार जरिवाना

Advertisement

काठमाडौं । भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपियाँ जरिवाना गरिएको छ । गएको मंसिर ४ को निर्वाचनमा मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनलाई विशेष अदालतले कैद सजाय नगरी एक करोड २१ लाख ८४ हजार रुपियाँ मात्रै जरिवाना र सो बराबरको बिगो भराउने सजाय सुनाएको हो । 

विशेष अदालतका प्रवक्ता नारदप्रसाद भट्टराईका अनुसार भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भ्रष्ट्चारमा गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको, सात जनालाई कैद र जरिवाना तथा दुई जनालाई जरिवाना मात्र भराउने फैसला भएको छ ।

Advertisement

कैद सजाय नभएका रविन्द्र गुरुङलाई दुई करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपियाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको छ भने नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे नौ वर्ष जेल सजाय तोकिएको छ । 

Advertisement

Advertisement