जर्मन कार निर्माण कम्पनी बिएमडब्ल्यूको नाफा ४९ प्रतिशतले बढ्यो

Advertisement

फ्रैङ्कफर्ट, जर्मनी । जर्मन कार निर्माण कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ ।

आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत पुर्याएको छ ।

Advertisement

म्युनिखस्थित समूहले गत वर्ष १८ अर्ब ६० करोड युरो (१९ अर्ब ६० करोड अमेरिकी डलर) खुद नाफा कमाएको थियो, जुन सन् २०२१ को तुलनामा ४९ प्रतिशतले बढी हो ।

समूहको आम्दानी २८ प्रतिशतले बढेर १४२.६ अर्ब युरो पुगेको छ ।

बीएमडब्लूले भनेको ‘ठोस’ आँकडा, वाहनहरूमा मूल्य निर्धारण संशोधनको साथै चिनियाँ संयुक्त उद्यम बीबीएको पूर्ण एकीकरणले नाफा आर्जनमा महत्वपूर्ण योगदान गरेको बताएको छ । 

समूहले सन् २०२२ मा २४ लाखभन्दा कम गाडी आपूर्ति गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले कम हो ।

तर जारी आपूर्ति शृङ्खलाको समस्या, विश्वव्यापी सेमिकन्डक्टरको अभाव र चीनमा कोभिडसँग सम्बन्धित लकडाउनका कारण समूहले आफ्ना सबै अर्डरहरू पूरा गर्न सङ्घर्ष गर्नुपरेको जनाएको छ । 

विशेष गरी बीएमडब्लूका पूर्ण विद्युतीय सवारी साधनहरूको उच्च माग थियो, जसको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी अर्थात् दुई लाख १५ हजार सात सय ५२ सङ्ख्या पुगेको थियो । रासस/एएफपी 

Advertisement

Advertisement