पाँच जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, को होला आईजीपी ?

Advertisement

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पाँच जना डिआईजी (प्रहरी नायव महानिरीक्षक)लाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्न सिफारिस गरेको छ । नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने मिति नजिकिँदै गर्दा त्यसका लागि सरकारले भित्री तयारी गर्दै उनीहरुलाई बढुवा गरेको हो । 

सिफारिसमा पर्ने डिआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । अहिले आईजीपीमा कुँवर र थापाको नाम बढी चर्चामा छ । थापा तिनै प्रहरी अधिकृत हुन जसले चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु थाहाका समर्थकले मतपत्र चपाउँदा पनि उनलाई जिताउन खुलेर सहयोग गरेका गिए । थापालाई आईजीपी बनाउने दाहालले प्रयास गर्दा सत्तारोहणको तयारीमा रहेको कांग्रेसले भने कुँवरलाई अघि सार्ने तयारी गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement