सगरमाथा र लुम्बिनी जनरलको एकीकृत कारोबार फागुन २९ बाट, सीईओमा क्षेत्री

Advertisement

काठमाडौं । मर्जरमा जान अन्तिम तयारी गरिरहेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार यही फागुन २९ गतेदेखि हुने भएको छ। मर्जरपछि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु हुने करिव टुंगो लागेको सम्वन्धित कम्पनीले जनाएका छन् ।

यही गत फागनु ११ गते सम्पन्न वार्षिक साधारणबाट उनीहरुको मर्जर प्रस्ताव पारित भएको हो भने नेपाल बीमा प्राधिकरणबाट गत फागुन १६ गते र नेपाल धितोपत्र बोर्डबाट फागुन २३ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्राप्त भएको थियो ।

Advertisement

सगरमाथा र लुम्बिनीबीच १०० बराबर ८० को अनुपातमा स्वाप रेसियो कायम भएको छ भने मर्जरपछि बन्न नयाँ कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख रुपियाँ हुनेछ । प्राधिकरणले निर्जीव बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी साढे दुई अर्ब रुपियाँ तोकेको छ । सोही चुक्ता पुँजी कायम गर्न निर्जीवन बीमा कम्पनीहरुलाई मर्जर बाध्यता बन्दै आएको छ । 

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री रहने सहमति भइसकेको छ । त्यस्तै, सञ्चालक समितिमा भने दुवै कम्पनीको तर्फबाट तीन–तीन जना संचालक तथा एक जना स्वतन्त्र संचालक रहने छन् । 

Advertisement

Advertisement