आज (फागुन २८)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल फागुन महिनाको २८ गते आइतबार, चैत्र कृष्णपक्षको पञ्चमी तिथि रहेको छ ।

मेष 
यात्रामा कठिनाई हुने छ । पारिवारिक जीवनमा सुमधुरता छाउने छ । पेशागत क्षेत्रमा सन्तोषजनक उन्नति, प्रगति हुने छ । पेशाप्रति केन्द्रीत भएर मेहनत गर्ने स्वाभावको हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु उपयुक्त हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

Advertisement

वृष
पेशागत जीवनबाट लाभ मिल्ने छ । पेशागत भूमिकाको कदर हुनेछ । मिष्ठान्न भोजनको अवसर जुट्ने छ । भित्रि निर्णय क्षमतामा गिरावट आउने छ । मनमा दुविधाका क्रम पनि कायम नै रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

मिथुन 
बोली मधुर बन्ने छ । भाग्यको साथ रहेको छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नु पर्ने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित हुन मन लाग्ने छ । बाठो खालको व्यक्तित्व हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कर्कट
भाग्यको साथ रहेको छ । अरुबाट सकारात्मक मूल्यांकन हुन जाने छ । पारीवारिक जीवनमा पनि उचित कदर हुने छ । बौद्धिक व्यक्तित्व बन्दा बन्दै पनि अलि अव्यवहारिकपना आउने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन औसत रहने छ । शेयर क्षेत्रबाट लाभ हुने छ । 

सिंह
कर्मशिल, सहयोगी र सामाजिक व्यक्तित्व हुने छ । तर व्यक्तित्वमा कडापना पनि बढि नै हुने भएकाले यस विषयमा संयमित रहनु नै उपयुक्त हुने छ । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छन् । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छ । 

कन्या
बोलीमा नरमपना खालको हुने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । पेशागत जीवन स्थिर खालको हुने छ । आफ्ना सपना, लक्ष्य तथा प्राप्ति परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । शेयर क्षेत्र शुभ हुन सक्ने छैन् ।

तुला
शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । भाग्य बलियो रहेको छ । आम्दानीमा केही बृद्धि हुन पुगे तापनि पेशागत जीवनमा अस्थिर खालको बन्न जाने छ । बोलीमा कटुताका क्रम आउँदा अरुले असहजता अनुभुत गर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र औसत रहने छ । 

वृश्चिक
बोलीमा आउने कटुताका कारण बन्न लागेका कामहरुमा पनि अवरोध आउने छ । मनमा उदासिनताले सताउने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न हरदम प्रयास गर्नु नै उपयुक्त हुने छ । यात्रामा कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा भने धेरै असन्तुलन आउने छैन् । आर्थिक अवस्था पनि औसत रहने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् ।

धनु 
कठिन क्षणमा पनि निरन्तर दृढ रुपमा उभिने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा पनि चुनौति देखिन्छ । धेरै जोखिमका कदमहरु भन्दा औसतको यात्रा नै यतिखेर उत्तम हुने देखिन्छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा आउने छ । शेयर क्षेत्रमा धेरै जोखिम नलिनु उपयुक्त देखिन्छ । 

मकर 
यात्रामा अवरोध आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय सक्रिय छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जानेछ भने आम्दानी बढाउन बोली प्रभावले साथ दिने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कुम्भ 
मनोबलमा कमि आउने छ । खर्चको मात्रामा बढोत्तरी भए अनुसार आम्दानी नबढ्दा दबाब सृजना हुने छ । पेशागत जीवनमा चुनौतिसँग जुध्नु पर्ने हुन्छ । परिवारका सदस्यहरुले साथ दिने भएकाले कठिन घडिमा जुध्न मद्धत मिल्ने छ । शेयर क्षेत्र अपेक्षाकृत सकारात्मक बन्ने छैन् । 

मीन
मनमा भाग्यहिनताको अनुमूति रहिरहने छ । स–साना उल्झनका कारण महत्वपूर्ण समय खेर जाने छ । पारिवारिक द्वन्दका कारण भेटघाटहरु नमिठा बन्ने छन् । मनमा अशान्तिले सताउने छ । पेशागत जीवन भने औसत खालको रहने छ । आम्दानीमा गिरावट आउने छैन् । शेयर क्षेत्र औसत खालको बन्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement