सूर्य नेपालले गर्यो साढे ४७ अर्बको व्यापार, २० अर्ब नाफा गर्दै बढी कर तिर्नेमा पहिलो

Advertisement

काठमाडौं । धेरै नाफा गर्ने र धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । नेपालमा रहेका कम्पनीहरु मध्ये दोस्रो धेरै व्यापार गर्दै धेरै नाफा गर्ने र धेरै कर तिर्नेमा पहिलो नम्बरमा परेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ४० करोडको व्यापार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सो आर्थिक वर्ष १० अर्ब ७२ करोड कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको हो ।

Advertisement

यो रकममा  मूल्य अभिविद्धि कर (भ्याट), आयकर लगायत समावेश छन् । प्रालिले पोहोरको कारोबारबाट २० अर्ब रुपियाँ नाफा गरेको छ । कम्पनीले सन् २०२१ मा ९ अर्ब ४१ करोड ६ लाख नाफा गरेको थियो । यस्तै २०२० मा ९ अर्ब ८४ करोड नाफा गरेको थियो । २०२१ मा कम्पनीले ९ अर्ब ४१ करोड नाफा वितरण गरेको छ ।

रेटिङ एजेन्सी केयरइडका अनुसार कम्पनीले अंग्रेजी आर्थिक वर्ष २०१८/१९ मा २५ अर्ब १३ करोडको व्यापार गरेको थियो । यस्तै २०१९/२० मा अघिल्लो वर्षभन्दा कम २४ अर्ब ४७ करोडको व्यापार गरेको थियो । यसैगरी २०२०/२१ मा २४ अर्ब ४९ करोडको व्यापार गरेको हो । कम्पनीले इतिहासमै पहिलो पटक ४७ अर्ब ४० अर्बको व्यापार गर्दै किर्तिमान राखेको हो ।

कम्पनी कम कर विवाद कम्पनी अन्तर्गत पर्छ । कम्पनी नेपालमा सन् १९८६ देखि सञ्चालनमा छ । ३५ वर्षदेखी कम्पनीले सानदार व्यापार गर्दै आइरहेको छ । यसकारण कम्पनीलाई प्रत्येक वर्ष सरकारले पुरस्कृत समेत गर्ने गरेको छ ।

कम्पनीले गतवर्ष अन्य वर्षको तुलनामा किर्तिमानी व्यापार गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङका अनुसार कम्पनीले बैंकबाट सर्ट टर्म ५ अर्ब ७५ करोड ऋण उपयोग गरेको छ । कम्पनीको वित्तीय अवस्था शक्तिसाली रहेकोले दीर्घकालीन ऋण लिन नपर्ने बताएको छ ।

यो कम्पनीको सञ्चालकहरुमा आइटीसी लिमिटेड इन्डियाको सबैभन्दा धेरै ५९ प्रतिशत शेयर रहेको छ। यो कम्पनीको भारतमा मार्केट क्यापिटालाइजेसन नै ४०.७५ बिलियन (५३ खर्ब २१ अर्ब रुपियाँ) छ । यो कम्पनी भारतमा सन् १९१० मै स्थापना भएको कम्पनी हो ।

कम्पनीले भारतमा समेत चुरोट, अगरबत्ति, ब्रान्डेड प्याकेज फुड, शिक्षा, सेनेटरी प्रोडक्ट, लगायत सामाग्री उत्पादन तथा बिक्री गर्दै आएको छ। यसैगरी होटल व्यावसाय स्टेसनरी सामान तथा प्रविधिमा समेत काम गर्दै आएको छ । कम्पनीमा पुर्वराजा ज्ञानेन्द्र शाह लगायत अन्य कम्पनिको नाममा ३९ प्रतिशत सेयर छ ।

यसैगरी २ प्रतिशत शेयर  ब्रिटिस अमेरिकन कम्पनीको रहेको छ । यो कम्पनीले सलाई अगरबत्ति लगायत सामाग्री उत्पादन गर्दै आएको छ । तर कम्पनीको आम्दानीमा सलाई अगरबत्तिको योगदान निक्कै कम मात्रामा रहेको छ। कम्पनीको बलियो आर्थिक अवस्था रहेको छ भने व्यापार तथा म्यानेजमेन्ट टीम समेत अब्बल रहेको छ ।

नेपाली बजारमा एकलौटी रुपमा चुरोटको व्यापार गर्दै आइरहेको छ । कम्पनीको उत्पादनहरुमा सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्सरी किंग, शिखर फिल्टर किंग, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी चुरोट बिक्री गर्दै आएको छ ।

कम्पनीले आधिकारिक रुपमा सय भन्दा बढी वितरकहरु राखेको छ । कम्पनीका अध्यक्षमा भारतीय नागरिक सञ्जिभ पुरी छन् । केयर रेटिङले कम्पनीमा ६ अर्ब २६ करोड ४ लाखको तरलता सुविधा रहेकाले दीर्घकालीन ऋण लिन नपर्ने जनाएको छ ।

सरकारले प्रत्येक वर्ष स्वास्थ्य जोखिम कर वृद्धि गरिरहेकोले अहिले प्रिमियम चुरोटको प्रति खिल्ली नै २० देखी २५ रुपियाँ पर्न सुरु भैसकेको छ । प्रत्येक वर्ष कर बढ्ने र चुरोटको प्याकेटमा ९० प्रतिशतसम्म स्वस्थ्यमा हानिकारक छ भन्ने विषय वस्तु उल्लेख गर्दा कम्पनी अप्ठ्यारोमा परेको छ ।

कम्पनीले प्रत्येक वर्ष कर महँगिदा भारत लगायत देशबाट चोरीको चुरोट आउन थालेको बताएको छ । कम्पनीले काठमाडौंको बुढानिलकण्ठमा पाँचतारे स्तरको होटल बनाउन प्रकृया अघि बढाएको छ । बुढानिलकण्ठमा ७२ रोपनी जग्गा समेत लिइसकेको छ । यो होटलमा ६ अर्ब लगानी गर्ने कम्पनीको तयारी छ ।

   

Advertisement

Advertisement