काठमाडौं । आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला एक हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ३ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
केही दिन घट्दै आएको सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा गिरावट आएपछि त्यसैको असर नेपालमा देखिएको महासंघले जनाएको छ ।