शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब बचतमा, आयात र निर्यात दुवैमा गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो सात महिनामा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपियाँले बचत हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक स्थितिमा शोधनान्तर स्थिति सन्तोषजनक देखिएको हो । 

गत बर्ष सोही अवधिमा दुई खर्ब ४७ अर्बले ऋणात्मक थियो । सो अवधिमा डलर संचिति एक अर्ब एक करोड रहेको छ । जबकी गत बर्ष डलर संचिति दुई अर्ब सात करोड ऋणात्मक थियो । पहिलो सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड घाटामा रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा चालु खाता चार खर्ब ११ अर्ब घाटामा थियो । 

Advertisement

यस अवधिमा कुल वस्तु निर्यात २९ प्रतिशतले घटेको छ भने कुल वस्तु आयात १९.९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा ९३ अर्ब ४३ करोड रुपियाँको मात्रै निर्यात भएको छ । गत बर्ष सोही अवधिमा निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो । 

साथै, पहिलो सात महिनामा नौ खर्ब १९ अर्बको आयात भएको छ । गत बर्ष सोही अवधिमा आयात ४२.८ प्रतिशतले घटेको थियो । 

Advertisement

Advertisement