महंगी बढ्यो, खाद्यान्नको मूल्यवृद्धि १२.३९ प्रतिशत

Advertisement

काठमाडौं । गएको माघ महिनामा मुद्रास्फीति (महंगी) बढेर ७.८८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो सात महिनाको मुलुकको आर्थिक स्थितिमा माघमा महंगी बढेको देखिएको हो । 

अघिल्लो बर्ष सोही महिनामा यस्तो महंगी ६.२४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत
रहेको छ ।

Advertisement

माघमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement