अहिले अनलाइन मिडिया व्यापक बढे, यस्ता मिडियालाई प्रवर्द्धन र नियमन आवश्यक छः मन्त्री शर्मा

Advertisement

दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल ऐन बनाउने सरकारको तयारी रहेको बताएकी छन् । 

आँबुखैरेनी गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा उनले मिडिया क्षेत्रको व्यवस्थापनका लागि मिडिया काउन्सिल ऐन बनाउने तयारी गरिएको बताइन् ।    
     
अनलाइन मिडिया व्यापक रुपमा विस्तार भएको भन्दै शर्माले भनिन्, ‘पहिला पहिला मिडिया भन्ने बित्तिकै पत्रिका मात्रै बुझिन्थ्यो । अहिले अनलाइन मिडिया व्यापक बढेका छन् । अनलाइन मिडियालाई प्रवर्द्धन र नियमन गर्न आवश्यक छ ।’     
     
अहिले सूचना प्रविधिको युग भएकाले प्रविधिको प्रयोग नगरेसम्म हरेक कुराको परिणाम नआउने बताउँदै उनले संसारका सबै प्रविधि प्रयोग गर्ने तर त्यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको बताइन् । 
     
मन्त्री शर्माले भनिन्, ‘प्रविधिको सही सदुपयोग गरेर अगाडी बढ्नुभन्दा पनि दुरुपयोग गर्ने काम भएको छ । प्रविधिको दुरुपयोग हुँदा महिला हिंसा बढेको छ । बालबालिका सिकार हुनुपरेको छ ।’ उनले प्रविधिको प्रयोग गर्दा दुरुपयोग भए कानूनी कारवाहीबारे बालबालिकालाई बुझाउन आवश्यक भएको बताइन् ।      
     
शर्माले थपिन्, ‘के गर्न हुन्छ के गर्नहुन्न भनेर बालबालिकालाई सिकाउन जरुरी छ, मन्त्रालयले पनि डिजिटल शिक्षा सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement