आज (फागुन २९)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल फागुन महिनाको २९ गते सोमबार, चैत्र कृष्णपक्षको षष्ठी तिथि रहेको छ ।

मेष
स–साना विषयमा पनि झगडा गर्ने बानीले गर्दा अरुले समेत यस्तै मुल्यांकन गर्ने छन् । मेहनती स्वाभाव भए पनि प्रतिफल न्युन हुँदा दबाबको सृजना गर्ने छ । स्वास्थ्यको अवस्थामा भने असन्तुलन प्रदा गरिदिने छ । पेशागत जीवन र आर्थिक क्षेत्र धेरै मजबुद हुने छैन् । र असाध्यै कमजोर पनि हुने छैन् । झैझगडा भन्दा शान्तिपूर्ण रुपमा काम लिने गर्नु होला । यात्रामा सहजता भन्दा कठिनाई भोग्नु पर्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

Advertisement

वृष 
नयाँ नयाँ सम्भावनाका ढोकाहरु खुल्ने छ । मित्रहरुको साथ र भरोषामा बृद्धि हुने छ । भविष्यप्रतिको चिन्ता भने मनमा धेरै नै आउने छ । आँट र भित्रि बुद्धिमा बृद्धि हुने छ । सबैसँग घुलमिल हुने बानीका कारण नयाँ नयाँ सहयोग प्राप्त हुने छ । बोलीमा मधुरता आउने छ । खर्च भने बढ्ने छ । पेशागत जीवन मध्यम खालको हुने छ । आम्दानी स्थिर रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

मिथुन 
मनोबल उच्च हुँदा नयाँ अवसरहरु प्राप्त हुने छ । यात्रामा रमाईलो अनुभुति हुने छ । रोमाण्टिक बानीका कारण दाम्पत्य जीवनमा मधुर सम्बन्ध देखिने छ । परिवारमा हाँसिखुशी र सहयोगी वतावरण उत्पन्न हुँदा समाजमा महत्व बढ्ने छ । मनमा शान्तिको अनुभुति हुने हुँदा उत्साहमा तिब्रता आउने छ । पेशागत जीवन र आर्थिक क्षेत्र औसत खालको हुने छ । शेयर बजारमा धेरै अपेक्षा गर्दा नै हुने देखिन्छ । 

कर्कट
पेशागत जीवनमा सुधार आउने छ । स्वास्थ्यमा पनि सुधार देखिने छ । औषधीजन्य क्षेत्रमा भने अझै खर्च उच्च नै हुने छ । मनमा अन्योलता हुने हुँदा निर्णय क्षमता कमजोर बन्ने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुका बीच मनमुटावको अवस्था कायम रहने छ । धन सम्पत्तिमा नोक्सानीको अवस्था आउने भएकाले संयमित रहनु होला । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

सिंह
दृढ खालको व्यक्तित्व कायम हुने छ । आर्थिक पक्ष अनुकुल रहने छ । ब्यावसायिक जीवनमा सकारात्मक अवस्था आउने हुँदा उत्साह आउने छ । मेहनत र पराक्रमी स्वाभावका कारण कसैले पनि हेप्न सक्ने छैन् । मनमा निराशाका क्रमहरु एकपछि अर्काे गरि आइ रहने छ । निर्णय क्षमतामा गिरावट आउँदा आवश्यक स्थानमा मनोबलको कमि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कन्या
पेशागत जीवनमा आन्योलता उत्पन्न हुने छ । रंग रमाईलोमा खर्च गर्ने बानीले घर परिवारमा तनावको अवस्था आउने छ । ठोस कुरामा भन्दा स–साना विषयमा छरिने स्वाभावका कारण पेशा व्यवसायमा प्रगतिको क्रमहरु कम देखिने छ । परिवारमा केही शान्तिको वातावरण देखिने छ । शेयर क्षेत्रबाट हल्का फाइदा मिल्नेछ । 

तुला 
आर्थिक क्षेत्रमा बृद्धि हुने छ । पेशागत जीवनमा थप जिम्मेबारी पाउने र गौरव बृद्धि हुने छ । आँटेका कामहरु पुरा हुने छ भने अरुले कदर गर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखिने छ । विदेश यात्रामा अन्योलता उत्पन्न हुने छ । शेयर क्षेत्रमा धेरै उत्साही हुने बेला देखिँदैन् । 

वृश्चिक
मनमा अनेकखाले चिन्ताले पेल्ने छ । जसले गर्दा निन्द्रामा विभिन्न नकारात्मक अवस्था देखिने छ । भविष्य सम्बन्धी चिन्ताले सताउने हुँदा उत्साह र उमङ्गको कमि हुने छ । विश्वास गरेका मित्रहरुले धोका दिने छन् । स्वास्थ्य समस्याले च्याप्दा अस्पतालसम्बन्धी खर्च बढ्न जाने छ । शेयर बजारमा लगानी बढाउन संयमित रहनु नै उचित हुने छ । 

धनु 
विश्वासमा धोकाको अवस्था आउने छ । सामाजिक जीवनमा केन्द्रीत हुने बानीमा कमि आउने छ । दाम्पत्य जीवनमा सहयोग वातावरण तयार हुने छ । भाग्यले साथ नदिएकाले संघर्ष धेरै तर प्रतिफल कम आउने छ । पेशागत जीवनमा समस्याका क्रमहरु देखिने भएकाले सतर्क रहनु होला । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

मकर 
अनावश्यक आरोपको सामना गर्नु पर्ने छ । मित्रताको विश्वास र सहयोगमा प्रगतिमा ठुलो मद्धत मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ भने अरुको मन जित्न सकिने देखिन्छ । पेशागत जीवन मध्यम खालको भए पनि कमाईमा बृद्धि हुने छ । शेयर क्षेत्रमा हल्का प्रगति हुने छ । 

कुम्भ 
यात्रामा सफलता प्राप्त हुने छ । घर जग्गा खरिदमा ठोस निर्णय हुने छ । पेशागतमा उन्नति प्रगति हुने छ । दाम्पत्य जीवनमा एकअर्कालाई साथ दिएर अघि बढ्ने वातावरण बन्ने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । शेयर क्षेत्र फायदादायक रहने छ । 

मीन
हर्षका खवर प्राप्त हुने छ । निर्णय क्षमतामा बृद्धि हुने हुँदा नयाँ नयाँ काम गर्नमा जाँगर चल्ने छ । मित्र मिलन हुने छ । आर्थिक अवस्था मजबुद बन्ने हुँदा सुख सुविधाका क्रमहरु प्राप्त हुने छ । पेशा ब्यवसायमा नयाँ जिम्मेबारी प्राप्त हुने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement