‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड’द्वारा सम्वत बस्नेत पुरस्कृत

Advertisement

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । 

इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको  अवसरमा गत सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद रु.५१,०००।– समावेश छ । 

Advertisement

कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, प्राडा शशिधरराम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्सका अपरेशन एण्ड मार्केटिङ डिरेक्टर रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।  

यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्सका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथसाथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् । 

जगदम्बा स्टिल्सले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement