आज (चैत १)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं. २०७९ साल चैत्र महिनाको १ गते बुधबार, चैत्र कृष्णपक्षको अष्टमी तिथि रहेको छ । आजबाट चैत्र महिना आरम्भ अर्थात चैत्र संक्रान्ति रहेको छ । आज उपभोक्ता अधिकार दिवस रहेको छ ।

मेष 
आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । तर मनोबल कमजोर हुने भएकाले बाहिरबाट हेर्दा कमजोर व्यक्तित्व देखा पर्दा अरु व्यक्तिहरुले हेप्ने र पेल्ने प्रयास गर्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साह र उमङ्गको कमि हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

Advertisement

वृष
आर्थिक रुपमा कठिनाई आउने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको अभाव हुनेछ । भाग्यले साथ नदिएकाले औसत अवस्थालाई कायम राख्नु पनि उपलब्धिमुलक हुने भएकाले धेरै लक्ष्य र महत्वाकांक्षातर्फ नजानु नै उचित हुने देखिन्छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय संयमित रहनु पर्ने खालको छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

मिथुन 
राम्रै भन्न खोज्दा पनि अरुले त्यसको नकारात्मक रुपमा ग्रहण गरिदिने छन् । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले विश्वास गर्न कठिन मान्ने छन् । रिस धेरै उठ्ने छ । ग्रिल उद्योग, भाडाका सवारीसाधन, विषादीको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र मध्यम खालको रहने छ । 

कर्कट
मन भित्र धेरै विचार सोचिरहने अवस्था रहने छ । बोलीको प्रभावमा सामान्य बृद्धि हुने छ । अन्तर्मुखी स्वाभावले गर्दा आफ्नो कुरा अरुसँग साझा गर्न मन लाग्ने छैन् । परिवारमा बिबाद देखा पर्ने छ । फलामजन्य कारोवार, हार्डवेयर, निर्माण सामग्री, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

सिंह
कसैले हेप्न र पेल्न नसक्ने खालको दृढताले भरिएको व्यक्तित्व हुने छ । आफ्नै मन भित्र भने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा ह्रास ल्याउने छ । सम्पत्ति तथा वित्तिय सञ्चिती नोक्सानी हुन सक्ने भएकाले सचेत रहनु होला । नोकरी, श्रम क्षेत्र, सेवा क्षेत्र, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
ऋणको भारीले थिचे तापनि आम्दानीमा पनि हल्का बृद्धि हुने छ । तर आर्थिक चक्र सन्तुलित बन्न सक्ने छैन् । मनमा भने दुविधाले असाध्यै सताउने छ । उदासिनताको मात्रा पनि बढ्न पुग्ने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नुहोला । कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने र पेशागत जीवनमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

तुला
चालेका कदमहरु सफलतातर्फ अघि बढ्ने छन् । भाग्यको साथ रहेकाले सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नभई पाइला चालि रहनु होला । पुस्तक पसल, स्टेसनरी, अध्यापन, शिक्षण, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल देखिन्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

वृश्चिक
यात्रामा कठिनाई हुने छ । पेशागत विषयमा मनमा दुविधाले सताउने हुँदा निर्णय क्षमताको अभावले प्रगति रोकिने छ ।पेशागत जीवनमा बादबिबादको अवस्था आउने भएकाले त्यसको सामना गर्नु पर्ने छ । साझेदारीमा गरिएका क्षेत्रमा द्वन्द देखा पर्ने छ । संयम रही पाइला चाल्नु पर्ने समय रहेको छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

धनु 
मेहनत गरी प्राप्त कमाई गलत क्षेत्रमा वा सामान्य क्षेत्रमा अनावश्यक रुपमा खर्च हुने चुनौति रहेकाले संयम अपनाउनु होला । मनमा दोहोरो विचार निरन्तर आइरहँदा निर्णय लिन नसक्ने व्यक्तित्वका रुपमा अरुले चित्रण गर्ने छन् । पत्रकारिता, लेखक, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । साथै सेवा क्षेत्र र श्रमिक बर्गलाई पनि अनुकुल रहने छ । शेयर क्षेत्रबाट लाभ हुन कठिन हुने छ । 

मकर 
यात्रामा सफलता मिल्ने छ । ज्ञानको क्षेत्रमा प्रगति हुने छ । विदेश जाने विषयमा अनुकुलताका संकेत देखिने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत क्षेत्रमा भने समस्याहरु देखा पर्ने भएकाले बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने छ । धेरै जोखिमपूर्ण कदम भन्दा हालको परिस्थितिलाई निरन्तरता दिने प्रयास गर्नु उपयुक्त हुने छ । घर जग्गाको कारोवारमा संलग्नहरुलाई बढि चुनौति छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

कुम्भ 
नयाँ नयाँ अवसर प्राप्त हुने छ । ठुलाबडाको मन जित्न सकिने छ । धेरै उत्साही भएर धेरै जोखिमपूर्ण कदमहरु भने चाल्न चुनौतिपूर्ण भने देखिन्छ । आफ्नो लक्ष्य प्रति दृढ भई लागि परिरहने स्वाभाव हुने छ । पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । शिक्षण, अध्यापन, स्टेसनरी, वकालत, धार्मिक वस्तुको कारोवार जस्ता पेशामा आवद्धहरुलाई समय सकारात्मक बन्न सकेको छैन् । शेयर क्षेत्र मध्यम खालको हुने छ । 

मीन
दृढ खालको व्यक्तित्व हुने छ भने रिस नियन्त्रणमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा बिबाद चर्किने हुँदा उत्साहको अभाव हुने छ । आम्दानीको हकमा राखिएको लक्ष्य प्राप्त हुने छैन् । साझेदारीमा गरिएका काममा अवरोधहरु देखा पर्ने भएकाले चनाखो रहनु होला । प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले कठिन परिस्थितिलाई सामना गर्न सक्ने आँट आउने छ । पेशागत क्षेत्र औसत रहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement