मैनबत्ती उद्यमी सलिनाको गुनासो– लोडसेडिङ हट्दा हाम्रो व्यापार नै खस्कियो

Advertisement

काठमाडौं ।  ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ । 

पचास हजार रुपियाँ लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले बढेर बार्षिक २० लाख रुपियाँको व्यापार हुने गरेको छ । देशभरी नै आफ्ना उत्पादन पुर्याउन सफल उद्यमी गौतमका होटल द्धारिकाज, भिभान्त होटललगायत केही नियमित ग्राहक समेत छन् । ‘साना ठूला रेस्टुरेन्टदेखि खुद्रा पसल र अनलाइनबाट समेत मैनबत्ती बिक्री गर्दै आएको छु’ उनी भन्छिन् । 

Advertisement

बिगतको लोडसेडिङमा मैनबत्तीको व्यापार निकै राम्रो थियो । तर अहिले लोडसेडिङ न्यूनीकरण भएसँगै मैनबत्ती उद्योगहरुको व्यापार पनि खस्किएको छ । हरेक दिन घन्टौं लोडसेडिङ हुने गरेको समयमा आफूहरुले लोडसेडिङको विकल्प दिएको र व्यापार पनि राम्रै हुने गरे पनि अहिले भने त्यो बेलाको जस्तो व्यापार नरहेको गौतमको भनाई छ । 

उनले भनिन्, ‘लोडसेडिङको समस्या समाधानका लागि यो व्यवसाय रोजेको हो । देशमा धेरै लोडसेडिङ हुने समयमा मैनको व्यापार राम्रै भयो । पछि लोडसेडिङ घट्न थालेपछि व्यापार पनि सुस्ताउँदै गयो ।’

शितास्मा क्यान्डिल प्रालीबाट मैनबत्तीको बास्ना अनुसाररगंको प्रयोग हुने गर्छ ।शितास्मा मैन उद्योगबाट उत्पादन हुने मैनबत्तीमा सिनामुन, स्याण्डलउड , रोज, रोजमेरी , ज्यासमिन, भेनेला , लेमनग्रास, सिटोनेला र लेभेण्डर गरि नौ थरि रङ अनुसार बास्ना मिसाएर बनाउने गरिएको पनि गौतमले बताईन । उक्त उद्योगबाट उत्पादित मैनको मूल्य १२५ देखि ७५० रुपियाँसम्म पर्ने गौतमले जानकारी दिइन् । सात सय ५० रुपियाँ पर्ने मैनबत्तीको तीन बाई छ इन्च आकारको हुन्छ । यो मैनबत्ती ७५ घण्टासम्म बल्नसक्छ । 

दालचिनीको बास्ना राम्रो हुने भएकाले मैनबत्तीमा दालचिनी मिसाउने गरेको उनले बताइन् । गौतमले इण्डियाबाट कच्चा पदार्थ आयात गरेर मैनबत्ती उत्पादन गर्ने गरेको बताउँदै विदेशी पर्यटकले घरमै आएर मैनबत्ती खरिद गर्ने गरेको सुनाइन् । मैनबत्ती धेरै बिक्री हुने समय दशैंदेखि क्रिसमससम्म हो । 

मैनबत्ती उत्पादनसँगै बजारीकरण कसरी गर्ने ? भनेर तालिम लिएर यस व्यवसायमा हात हालेकी सलिना लुइँटेल गौतमले एक लटको मैनबत्ती तयार गर्न तीन दिनसम्मको समय लाग्ने र मैनबत्ती बजारमा निकै प्रतिस्पर्धा रहेकाले गुणस्तरीय उत्पादनहरु नै उपभोक्ताले बढी खरीद गर्ने बताइन् । 

Advertisement

Advertisement