कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

Advertisement

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई  पे ’ र युनिमनी एक्सचेन्ज कतारवीच ‘सेण्ड मनी अनलाईन एन्ड विन बिग’  क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन१४ प्रो, ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस२२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने छन् । सोही क्याम्पेनको अवधि०१ चैतदेखि जेठ ०१ सम्म ६२ दिनका लागि लागु हुनेछ ।

Advertisement

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू.  ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।

अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement