वैदेशिक रोजगारीमा जानेहरुको दुई बर्षे श्रम स्वीकृतिको प्रवाधान हटाइयो

Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि दिने दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।  

अब वैदेशिक रोजगारीमा जानेहरुका लागि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति रोजगारदाता र श्रमिकबीच भएको करार सम्झौताका आधारमा अवधि तोकिने र श्रम स्वीकृति दिइने छ ।

Advertisement

दुई बर्षे प्रावधानले गर्दा छुट्टि लिएर नेपाल आएकाहरुले भिसा र कार्य अवधि हुँदाहुँदै पनि पुनः श्रम स्वीकृतिको झन्झट भोग्दै आएका थिए । मन्त्रालयले नयाँ व्यवस्थाअनुसार पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनुनपर्ने र कामकै सिलसिलामा मृत्यु हुँदा श्रम स्वीकृति नलिएको बहानामा पाउने क्षतिपूर्तिबाट समेत बन्चित हुनुपर्ने अवस्था अन्त्य भएको बताएको छ । 

Advertisement

Advertisement