नेपालको पानीलाई धनमा परिणत गरेर समृद्धि ल्याउन सकिन्छः मुख्यसचिव वैरागी

Advertisement

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । 

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा उनाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए । 

Advertisement

मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताउँदै वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताए । स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने उनको तर्क छ । 

वैरागीले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताए । उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । 

शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको बताउँदै वैरागीले यस्ता विषयमा उपभोक्ताकर्मीसँग बसेर छलफल गर्न सरकार पक्ष तयार रहेको बताए । 

Advertisement

Advertisement