आज (चैत २)को राशिफलः व्यापार, व्यवसाय, शेयर कारोबारबाट तपाईंलाई कस्तो लाभ होला ?

Advertisement

आज वि.सं.२०७९ साल चैत्र महिनाको २ गते बिहीबार, चैत्र कृष्णपक्षको नवमी तिथि रहेको छ ।

मेष 
पेशागत जीवन औसत रहने छ । तर भाग्यको साथको अभावका कारण बाधा ब्यवधानहरु एकपछि अर्काे सामना गर्दै अघि बढ्नु पर्ने छ । शेयर बजार औसत प्रकृतिको रहने छ । शारीरिक र मानसिक रुपमा थकान महशुस हुने छ । सवारीसाधनसँग सम्बन्धि विषयमा संयमित रहनु होला ।

Advertisement

वृष
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । आम्दानीमा भने आशा गरे अनुसारको बृद्धि हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तिक्तता देखिने छ । खर्चको अवस्थामा पनि निकै बृद्धि हुने छ । शेयर क्षेत्र फलदायी रहने छ । समाजबाट कदर प्राप्त हुँदा मनमा सन्तोष प्राप्त हुने छ ।

मिथुन 
पेशागत जीवनमा सोचे जस्तो प्रगति हुन कठिनाई हुने छ । आम्दानीमा कमि रहने छ जसले गर्दा परिवारको आर्थिक चक्रमा सन्तुलन मिलाउन जटिलता हुने छ । शेयर क्षेत्रबाट नाफा आर्जन हुने छ । भाग्य बलियो रहेकाले चालेका कदमहरुबाट सन्तोष मिल्ने छ । पैतृक धन सम्पत्तिका विषयमा झैझगडाको जोखिम देखिन्छ । 

कर्कट
पेशागत जीवनमा उत्साह र उमङ्गको लहर आउने छ । आम्दानीमा बृद्धिको दरिलो संकेतहरु देखा पर्ने छन् । शेयर बजारबाट भने खासै उल्लेख्य नतिजा आउने छैन् । स्वास्थ्यमा सुधार आउने छ । अस्पताजन्य खर्चहरु पनि रोकिन जाने छन् । परिवारप्रति समर्पित स्वाभाव हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।

सिंह
पेशागत जीवनमा खेलेका भुमिकाको उच्च कदर हुने छ । आर्थिक जीवन सहज बन्ने छ । शेयर क्षेत्रबाट पनि लाभ प्राप्त हुने छ । शितल स्वाभावको व्यक्तित्व हुने भए तापनि पारीवारिक सम्बन्धहरुमा भने नियन्त्रण नगुमाउनु होला । पारीवारिक जीवन तनावबाट गुज्रने छ । जीवनसाथिको अटुत विश्वासिलो साथ रही रहने छ । 

कन्या
पेशागत जीवन अस्थिरताको चक्रव्युहबाट गुज्रने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । शेयर क्षेत्र केही अनुकुलतातर्फ ढल्कने छ । दृढ खाले ब्यक्तित्व हुने छ । परिवारका सदस्यहरुको शारीरिक स्वास्थ्यले सताउने छ । यसले आर्थिक दबाब सृजना गर्ने छ ।

तुला
पेशागत जीवनमा बादबिबाद भन्दा सतत लैजाने प्रयास गर्नु ठिक हुने छ । आम्दानी औसत रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । बौद्धिक स्तरमा पनि उन्नति हुने छ । दुविधात्मक व्यक्तित्व हुने हुँदा निर्णय क्षमतामा कमि आउने छ । शारीरिक स्वास्थ्यमा कमजोरी देखिने छ ।

वृश्चिक
पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । आम्दानी औसत रहने छ । शेयर क्षेत्र अनुकुल रहने छन् । मनमा दुविधाका क्रमहरु रही रहने छन् । परिवारमा द्वन्दात्मक वातावरणले गर्दा मानसिक दबाब रहने छ । भाग्यहिनताकाका कारण सफलता भन्दा असफलता प्राप्त हुने छ । 

धनु 
पेशागत जीवन औसत खालको हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । शारीरिक स्वास्थ्यमा असन्तुलन हुने हुँदा यसले कार्य क्षेत्रमा राम्रो प्रदर्शन गर्न बाधा उत्पन्न गराउने छ । मन भने बलियो हुने भएकाले सँहालिन निकै मद्धत पुग्ने छ । साथिभाइ तथा आफन्तले साथ समर्थन गर्ने छन् । बोलीको प्रभावकारितामा ह्रास आउने छ ।

मकर 
पेशागत क्षेत्र स्थिर रहने छ । साझेदारीमा गरिएका काममा भने असन्तुलन र तिक्तता देखा पर्ने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । भाग्यले धेरै साथ नदिएका कारण धेरै जोखिमपूर्ण भन्दा कम जोखिमपूर्ण कदम लिनु राम्रो हुने छ । मनोवलमा कमि देखिने हुँदा निर्णय क्षमतामा गिरावट रहने छ । 

कुम्भ 
पेशागत जीवनमा केही उतार चढावको अवस्था आउने भएकाले धैर्यतापूर्ण कदम नै ठिक हुने छ । शेयर बजार सकारात्मक बन्ने छ । मनोबलमा केही सुधार आउने छ । पारीवारिक सदस्यमा बेमेल र अमेलको अवस्था आउने छ । शारीरिक र मानसिक रुपमा देखा पर्ने कमजोरीले गर्दा मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । दाम्पत्य जीवनमा भने प्रेमपूर्ण सम्बन्ध कायम रहने छ ।

मीन
पेशागत जीवनमा सन्तुलित पाइला चाल्नु नै उचित हुने छ । धेरै जोखिमपूर्ण निर्णयहरु पेशागत जीव्नमा लिनु भन्दा निरन्तरताबारे सोच्दा उपयुक्त हुने देखिन्छ । शेयर बजार फलदायी रहने छ ।  बोलीको प्रभाव कायम रहने छ । मानसिक हिसावले भने दृढ संकल्पित व्यक्तिका रुपमा छवी बन्ने छ । रोग ब्याधीले भने च्याप्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement